विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई बर्खास्त गरी परशुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रदेश १ मा जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ ।
प्यासी ०७६ कात्तिक १७ गते प्रदेश १ को प्रमुखमा नियुक्त भएका थिए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































