धरान : तराई मधेसमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय धरानमा पनि धूमधामले मनाउन थालिएको छ ।

कोरोना महामारीको कारण यस भन्दा अघिको वर्षमा घरघरमा मात्रै सीमित रहेको छठ पर्व यस पटक धरानमा धूमधामका साथ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।

Chatha-5

धरानको पूर्व भई बग्ने सेउती खोला र पश्चिम भई बग्ने सर्दु खोलामा आज हजारौँले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन्। तराइवासीमा मात्रै सीमित रहेको यो पर्व पछिल्लो समय धरानमा साझा पर्व जस्तै बन्दै आएको छ ।

आज धरानको सर्दु र सेउती खोलामा छठ पर्व मनाउनेहरूको हजारौँको सङ्ख्यामा उपस्थिति देखिन्थ्यो ।

Chatha-4 Chatha-1 Chatha-13 Chatha-12 Chatha-9 Chatha-11 Chatha-8 Chatha-7 Chatha-10 Chatha-3 Chatha-14 Chatha-15 Chatha-6