धरान : होराईजन क्लबले धरान-१७ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।

बिहीबार आगलागीबाट पीडित भएका परिवारलाई १३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । क्लबका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूबाट आर्थिक सङ्कलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए।

गत शुक्रवार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो। उक्त घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए। आगलागीले दुई परिवार विस्थापित भएका छन् ।