धरान : जनता समाजवादीको युवा भातृसंगठन जनता समाजवादी युवा सङ्घ धरानमा दावा शेर्पाको नेतृत्वमा धरान उपमहानगर समिति गठन भएको छ ।
जनता समाजवादीको सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान सुज अभियान अन्तरगत धरान समाजवादी युवा सङ्घमा नयाँ समिति चयन गरिएको समाजवादी युवा सङ्घका प्रदेश अध्यक्ष सिरी सुब्बाले जानकारी दिए ।
समितिका वरिष्ठ उपाध्यक्ष अनुप राई,उपाध्यक्ष: दिपेन लिम्बु, दीपक राई सचिबः आकाश तामाङ, सहसचिव पासाङ शेर्पा, दिलीप राई, कोषाध्यक्ष भूषण राई, सह कोषाध्यक्ष मनोज सहित २३ सदस्यीय धरान उपमहानगर समिति गठन भएको छ । यसअघि रहेका युवा नगर अध्यक्ष सुरेश लिम्बुलाई पार्टी नगर सचिवालय सदस्य सहसचिवमा लाने सहमति भएको पनि युवा सङ्घले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुज अभियानका संयोजक केन्द्रीय सदस्य दीपक मेयाङ्बो रहेका थिए । त्यसै गरी कार्यक्रममा प्रदेश अध्यक्ष सिरी सुब्बा, मुख्य सचिव पवन विष्ट, समीर नाछिरिङ, युवा प्रदेश इन्चार्ज, पार्टी केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश सदस्य कृष्ण लिम्बू,नगर युवा अध्यक्ष सुरेश लिम्बू, पार्टी नगर अध्यक्ष ताजुप लिम्बू युवा नगर इन्चार्ज रवि पाख्रिन लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केही युवाहरूको समूह पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा अनुप राई, आकाश तामाङ, रोशन राई, आदित्य लिम्बू, भूषण राई, लाक्पा शेर्पा, रमेश राई, साम्देन तामाङ, हाङ्सुहाङ लिम्बु, धर्मरा तामाङ, अर्मत तामाङ,अनिल राई, भीम लिम्बू, दिपेन राई, साक्थिम लिम्बू, गङ्गा लिम्बू, सुन्दर लिम्बू र रोहित लिम्बू रहेका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        