धरान : धरान उपमहानगरपालिका वडा नं. १४ ले वडामा रहेका अपाङ्गता भएका र विपन्न बालबालिकाहरूलाई सहयोग गरेको छ ।
३०औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धरान उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण तथा दन्तकाली माध्यमिक विद्यालयमा अध्ययन गर्ने १९ जना विपन्न बालबालिकाहरू लाई विद्यालय पोसाक वितरण गरिएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
कार्यक्रम धरान १४ को दन्तकाली माविको सभाहलमा सम्पन्न भएको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        