धरान : बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी सुनसरीको धरान उपमहानगरपालिका-३ का २८ वर्षीय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ।
बैङ्किङ कसुर मुद्दामा गत वैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूह विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका खड्कीलाई आज जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।


































































