धरान : किरात राई यायोक्खा सुनसरीको नवौँ जिल्ला अधिवेशन राजेन्द्र राईको अध्यक्षतामा नयाँ २५ सदस्यीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

हिजो मुख्य मन्त्री राजेन्द्र राईले उद्घाटन गरेको अधिवेशन गए राति अबेर सम्म चलेको थियो । अधिवेशनले ३ वर्षका लागि ९ पदाधिकारी र १६ जना सदस्य गरी जम्मा २५ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ ।

उपाध्यक्षमा सुवित्रा राई र चन्द्रकला राई, सचिवमा नवीन राई, सहसचिवमा शम्भु राई, रमेश रोदुङ र यलमहाङ राई, कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ र सह कोषाध्यक्षमा मेनुका राई निर्वाचित भएका छन् । बाकी १६ जना सदस्य सहित २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको किरात राई यायोक्खा सुनसरीले जनाएको छ ।

अध्यक्ष पदमा राजेन्द्र राई र हिन्दुहाङ राई बिच निर्वाचन भएको थियो भने अरू पद सर्वसम्मत भएको थियो ।