धरान : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका-६ का २६ वर्षीय राजु राजवंशी रहेका छन् । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        