धरान : झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ वर्षीय वीर कुमार राई रहेका छन्। अस्थायी प्रहरी पोस्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेका राईलाई खानतलासी लिँदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेब्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो।
गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भइरहेको तथा झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


































































