विराटनगर : प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर सम्बत, लिम्बूहरूको कक्फेक्वा तङ्नाम, मगर, छन्त्याल तथा खस ब्राह्मण समुदायले मान्ने माघे सङ्क्रान्तिको शुभकामना दिँदै प्रदेश प्रमुख खापुङले –“प्रकृतिसँग अभिन्न नाता गाँसिएको नेपालमा विभिन्न बद्लिरहने मौसमसँगै चाडपर्वहरू पनि पर्ने गर्दछन् ।

प्रकृतिकै सेरोफेरोमा मनाइने चाड माघे सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

माघे संक्रान्तिलाई मानिसले सामाजिक तथा कृषि जीवनमा प्रवेश गर्दादेखिको चाड भएको बताएका छन् । सामाजिक तथा कृषि जीवनमा प्रवेश गरेसँगै जमिनमा उब्जने अन्नबाली, फल फलेदोलाई प्रकृतिलाई नै चढाउनेदेखि बालीनाली लगाउँदा, थन्क्याउँदा पनि उत्सव मनाउने गरेको प्रमुख खापुङले उल्लेख गरेका छन् ।

त्यसै गरी यस चाडले नेपाली सहिष्णुतालाई जोड्ने गरेको, भइपरी आउँदा तरुल, भ्याकुर खाएर पनि बाँच्नुपर्छ भन्ने सामाजिक सन्देश दिएको कुरालाई आफ्नो शुभकामना पत्रमा उल्लेख गरेका छन् ।

Subhakamana