इटहरी : इटहरी वडा नम्बर १८ का १७ जना ज्येष्ठ नागरिकलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ७० वर्ष माथिका गहनी चौधरी,बचिया चौधरी,पूर्नी चौधरी,तिरिया देवी चौधरी,पुष्नी देवी चौधरी,सुती देवी चौधरी,फूलमाया तामाङ, नरमाया तामाङ, विल्टी देवी चौधरीलाई सम्मान गरिएको हो ।
यसै गरी सम्मानित हुने अन्य ज्येष्ठ नागरिकहरूमा सुखनी देवी चौधरी, पुष्नी देवी चौधरी, केशिया देवी चौधरी, चन्द्रा देवी चौधरी, चनिया,दुखनी,दैतिनदेवी र सतोनिया चौधरी छन् । यसैबिच सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोबाट बच्नका लागि ब्ल्याङ्केट वितरण गरिएको छ । प्रमुख चौधरी र उपप्रमुख गौतमले नन्दराज राई, सरिलाला चौधरी, जस बहादुर राई, हर्क विश्वकर्मा, पशुपति विश्वकर्मा, पर्शुराम आर्चाय, फागु चौधरी, दाताराम चौधरी, वडरु चौधरी,गोवर्धन चौधरी, गागिन चोैधरी, रत्नमायाँ खत्री, भतिया देवी चौधरी, पार्वती चौधरी र मानपुर चौधरीलाई ब्ल्याङ्केट प्रदान गरिएको हो ।
इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष विपन्न समुदायका व्यक्तिहरूलाई जाडोबाट बच्न न्यायो कपडा प्रदान गर्दै आएको छ । जाडोको वेला मेयर उपमेयर गाउँमै आएर न्यानो कपडा प्रदान गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।


_1749430366.gif)






































































