धरान : मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ वर्षीय जय शर्मालाई श्रीमती कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ ।

गत पुस ३० गते शर्माको कुटाइबाट घाइते भएकी १९ बर्षीया श्रीमती पूजा बिकलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उनको अस्पतालमा उपचार हुन नसकी घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।