धरान : बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी धरान-४ पाचकन्याका विशाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

३२ वर्षीय विशाल राई बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई आज सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।