झापा : तेस्रो चरणको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिए पछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्यरातिदेखि लागुहुने गरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद् को मिति २०७८-०९-३० गतेको निर्णयबाट जारी आदेश, सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी आदेश :

Jhapa-Adesh-1 Jhapa-Adesh-2 Jhapa-Adesh-3 Jhapa-Adesh-4 Jhapa-Adesh-5 Jhapa-Adesh-6