धरान : झापाको बिर्तामोड नगरपालिका-४ बाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पूर्णलाल लिम्बु रहेका छन् ।

हिजो राती ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शङ्कालागि चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट ५ ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

यसैबिच पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवी लकान्द्री रहेकी छिन ।

हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ८ ग्राम बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको छ ।