धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले सम्म २१६ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् ।
प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी अहिले सम्म एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी नर्स ११४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २१६ जनामा कोरोना सङ्क्रमण भएको छ ।
यत्तिका धेरै स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प्रवाह गरिरहेको डेपुटी अस्पताल निर्देशक डा. साहले बताए । उनका अनुसार केही शल्यक्रिया गर्ने डाक्टर नै सङ्क्रमित हुन पुगेका छन् ।
यसरी सङ्क्रमित स्वास्थ्यकर्मीहरू भए पनि प्रतिष्ठानले सक्दो स्वास्थ्य सेवा दिईहेको छ। अस्पतालमा कम जनशक्तिले सेवा प्रवाह गरीलेको बेलामा प्रतिष्ठानमा उपचारमा आउने सर्वसाधारणलाई टेलिफोन लगायतबाटै घरैबाट स्वास्थ्य परामर्श लिन डा. साहले आग्रह गरेका छन् ।
कोरोनाको यो तेस्रो लहर पहिलो र दोस्रो भन्दा कम घातक भएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । यस भन्दा अघिको सङ्क्रमणले बिरामीलाई गम्भीर अवस्था सम्म पुर्याउने खालको थियो भने यस पटकको कोरोना सङ्क्रमण सामान्य रुघा खोकी र सामान्य ज्वरो आउने भएकोले सङ्क्रमण हुने बित्तिकै नआत्तिन भनिएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































