झापा : आफ्नै बुवाले चलाएको ट्र्याक्टरले किचेर झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा दुई बर्षे बालिकाको ज्यान गएको छ ।

आज दिउसो करिब १ बजेको समयमा स्थानीय बालकृष्ण दुलालले घर अगाडी रहेको ट्र्याक्टर पछाडी सार्ने क्रममा सोही ठाउँमा खेल्न आइपुगेकी दुलालकी छोरी दुर्घटनामा परेकी थिइन् ।

दुर्घटनामा परि गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा बिर्तामोडस्थित एक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जानकारी दिएको छ ।