धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानका बि.बि.ए. सेकेन्ड सेमेस्टरका विद्यार्थीहरूले एक महिने सिम्याट मोक टेस्ट सञ्चालन गरी परीक्षा शुल्क बापत सङ्कलन भएको पैसा मिर्गौला रोगी धरान १५ का ३२ बर्षे युवा धुब्र राई लाई सहयोग गरेका छन् ।

प्रत्येक वर्ष बि.बि.ए. सेकेन्ड सेमेस्टर बि.बि.ए सेकेन्ड सेमेस्टरका विद्यार्थीहरूले एक महिने सिम्याट मोक टेस्ट गर्दै आएका थिए । यस वर्ष पनि मङ्सिर २५ गते देखि पौष २३ गते सम्म हप्ता को प्रत्येक शनिवार टेस्ट परीक्षा लिने र परीक्षा शुल्क स्वरूप एक सय प्रत्येक विद्यार्थी बाट सङ्कलन गरी विद्यार्थीले पढाइ सँगै सामाजिक कार्यमा पनि सहभागिता हुनु पर्दछ भन्ने उद्देश्यले दुवै मिर्गौला फेल भएर उपचाररत धरान– १५ का युवा ध्रुव राई लाई रु दस हजार एक सय पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बि.बि.ए. सेकेन्ड सेमेस्टरका कक्षा प्रतिनिधि विमल शर्माले यो रकम धेरै नभए पनि विद्मार्थीहरु पढाइ सँगै सामाजिक कार्यमा पनि सहभागिता हुनु पर्दछ र आउने व्याजका विद्मार्थीहरु लाई पनि प्रोत्साहन होस र थोपा थोपा मिलेर समुन्द्र बने जस्तै बिरामी दाइलाई उपचारमा एक थोपाको काम गर्ने हाम्रो कक्षाका विद्यार्थीहरूको धारणा रहेको जानकारी दिँदै बिरामीको स्वास्थ्य लाभको कामना व्यक्त गरे ।

सिम्याट मोक टेस्ट सञ्चालन र आर्थिक सङ्कलन को नेतृत्व सन्देश राई, विमल शर्मा, गणेश शाह र मन्दीप पराजुलीले गरेका थिए ।