धरान : धरानका विभिन्न स्थानमा प्रहरीले गरेको अप्रेसनमा ब्राउन सुगर सहित ७ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानको अप्रेसनको क्रममा धरान-१३ शिव धाराबाट करिब १५ ग्राम ब्राउन सुगर सहित ४ जना, धरान उपमहानगरपालिका अगाडीबाट ४ ग्राम ब्राउन सुगर सहित १ जना र माछाभौडीबाट ५ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै ब्राउन सुगर कारोबारी गर्ने एउटै गिरोहको भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । पक्राउ परेका सबैको बृस्तृत विवरण भने अहिले प्रहरीले दिएको छैन।