झापा : झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका-१३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो ।

उनको बिहान ९ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले बताए ।