धरान : सङ्घीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट धरानका विभिन्न ठाउँमा गरेको अप्रेसनको क्रममा ब्राउन सुगर सहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको अप्रेसनबाट हिजो साँझ धरान-१३ स्थित शिव धाराबाट ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओम प्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर, धरान-१९ का २६ वर्षीय जनम मगर, धरान–३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका ७ जनाको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।