झापा : झापाको मेचीनगर नगरपालिका–६ मेचिपुलबाट प्रहरीले ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर-११ का २३ वर्षीय सेवन उराव रहेका छन् । सोमबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।