धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तामाङ समुदायको महान् चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पूर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेका छन्,’ मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।, ‘यस्तो विविधता नेपालका लागि मात्र विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ । सन्देशमा सोनाम ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

साथै, मेयर राईले कोरोना महामारीको सङ्क्रमणको जोखिमबाट मुक्त भई नसकेको जनाउँदै कोरोनाको सङ्क्रमणबाट सचेत र सजग रहन पनि आम नगरवासीमा आग्रह गरेका छन् । ‘यस्तो प्रतिकुल परिस्थितिमा स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्दै पर्व मनाउने तर्फ सचेत रहन पनि आग्रह गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

सोनाम ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर राईले आग्रह गर्नु भएको छ ।

Subhakamana