झापा : आज माघ १९, यस दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रूपमा स्मरण गरिन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्व राजा शाहले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका भए पनि त्यो धेरै समय भने टिक्न सकेन ।

नेपालको राजनीतिक इतिहासमा ‘माघ १९’ एउटा कालो दिनका रूपमा चिनिन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरी राजनीतिक ‘कू’ गरेका थिए । ज्ञानेन्द्रले सत्ताको बागडोर आफ्नो हातमा लिएको दिन हो–माघ १९ । उनले विघटित संसद् पुनः स्थापनाको घोषणा गरे ।

त्यसपछि तत्कालीन सात दलले २०६२ साल चैत अन्तिम सातादेखि सुरु गरेको दोस्रो जनआन्दोलन सफल भएको घोषणा गरे । सशस्त्र विद्रोह गरिरहेको तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । संविधानसभा निर्वाचनपछि २०६४ साल जेठ १५ मा मुलुकमा गणतन्त्र घोषणा गरियो । २०७० साल मङ्सिर ४ मा दोस्रो संविधानसभाको चुनाव भयो ।

उक्त संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्‍यो । त्यसपछि भएको आमनिर्वाचनपछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सहितको सरकारले अहिले शासन चलाइरहेको छ । तर नेकपा भित्रको शक्ति र पद बाँडफाँडको किचलोले मुलुकमा अस्थिरता निम्तने भन्दै राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको पुस ५ गते प्रतिनिधिसभा विघटनगरि २०७८ साल वैशाख १७ र र २७ गतेका दिन दुई चरणमा निर्वाचनगर्ने गर्ने सरकारले घोषणा गर्‍यो ।

माग माघ १९ लाई फर्केर हेर्दा राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि उक्त दिन दिउँसै सबै मिडिया हाउसमा समाचार ‘सेन्सर’ गर्न सेना परिचालन गरिएको थियो । प्रत्येक मिडिया हाउसमा हतियार सहितका सेना प्रवेश गरेका थिए । सेनाले सम्पादकलाई समाचारमा कुन शब्द राख्ने, कुन हटाउने ? भनी सिकाएका थिए त्यस बेला ।

सेनाबाट रुजु नगराई कन पत्रिकाको समाचार शाखाले ‘ए-थ्री’ पेपर प्रिन्टका लागि पठाउन मिल्दैनथ्यो । समाचार कक्षमा हतियारधारी सेनाको त्रास थियो, त्यस बेला । प्रेस स्वतन्त्रता खोसिएको यस्तो अवस्थामा पनि २०६१ साल माघ २० गते अखबारहरू भने प्रकाशन भएका थिए ।