धरान : झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय सुनिल लिम्बु रहेका छन् । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाइल थान–२ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।