धरान : बैंकिंङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुइँटेल रहेका छन् । लुइँटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिवादी सिताराम लुइँटेल भएको बैंकिंङ् कसुरको मुद्दामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.– ८१७४ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका थिए ।