धरान : सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस र मालवहाक ट्रक एक आपसमा जुध्दा ४ जनाको मृत्यु भएको छ । 

साँझ ७ बजेर ४० मिनेटमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्रि बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

आफू घटनास्थलमै रहेको र ट्रक र बस एक आपसमा जुध्दा समेत लागेको छ ।  आफु घटनास्थलमै रहेको बताउँदै उनले  के कति  मानिसको मृत्यु भएको छ भन्ने अझै खुली नसकेको बताए ।  १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले भने बसका चालक ट्रकका चालक सहित ४ जनाको मृत्यु  भएको पुष्टि गरे । 

जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर अहिले ट्रक र बस अलग गराउँदै गरेको उनले बताए ।  घटनाको पूर्ण विवरण आइसकेको छैन ।