धरान : गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा आइतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 

धरान ९ आचार्य लाइन स्थित डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर ग्रुप तर्फको प्रथम वरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् ।

यसै गरी जुनियर ग्रुप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुवै ग्रुपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका छन् ।

यसै गरी प्रतियोगिताको १६ जना प्रतियोगिहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक विनोद लिम्बु रहेका थिए ।