धरान : एलाइनेट जिमको आयोजनामा आयोजित २१ औ मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आशिष् राईले जितेका छन् । 

७५ केजी तौल समूहका विजेता अषिश राईले नगद १ लाख रुपैयाँ सँगै तिन लाख रुपैयाँ बराबरको मल्टी स्मिथ मेसिन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गरी ७० केजी तौल समूहका अर्पण लिम्बु दोस्रो र ६५ केजी तौल समूहका सन्तोष लिम्बु तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन् । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन । उनीहरूले क्रमश : नगद ४० हजार , ३० हजार, २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यसै गरी प्रतियोगिताको वेस्ट पोजर उपाधि क्रन्च फिटनेसका रिर्चड तामाङ, मोस्ट इम्प्रुभमेन्ट उपाधि क्रन्चका सन्तोष लिम्बु, र मोस्ट मस्कुलरको उपाधि भिजन फिटनेसले जितेका छन् । उनीहरूले जनही नगद ५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, ओसियन पार्क इटहरीका प्रोप्राइटर डम्बर तामाङ, समाजसेवी मिना सिंगक लगायतले पुरस्कार प्रदान गरेका थिए । 

एलाइनेट जिमको १९ औ प्रस्तुति रहेको कार्यक्रम दुई दिन सम्म चलेको थियो । शुक्रवार सहभागीहरू वाट प्रि-जजिङ्ग गरी शनिवार भने फाइनल गरिएको थियो ।