धरान : नवीन सुब्बाको निर्देशन तथा नायक दयाहाङ राई र नायिका पशुपति राईको मुख्य भूमिकामा बन्न लागेको चलचित्र गाउँ आएको बाटोले धरानमा तिन दिन छायाङ्कन गरेको छ । 

आइतवार देखि धरानमा छायाङ्कन गरेको टिम धरानमा बुधवार सम्म छायाङ्कन गरी बिहीबार बिहान भोजपुर वालङखा फर्किएको छ । युनिटले बुधवार सम्म धरानका भानुचौक, मुनाल चौक, राँगा चौक, सब्जी मन्डी लगायत विभिन्न स्थानमा छायाङ्कन गरेको थियो । उनीहरूलाई मङ्गलवार साँझ भने खँदा ओढाएर धरान-१० स्थित पुतलिलाइनमा रहेको कफी पब एण्ड रेष्टोले स्वागत सम्मान गरेको थियो । पबमा फ्यानहरूले दयाहाङ राई र पशुपति राईलाई घेरे पछि एक छिन तस्बिर खिचाउने कार्य भएको थियो । 

Gaung-aayeko-bato-1

आमोद राईको निर्माणमा बन्न लागेको चलचित्रमा दयाहाङ राई र पशुपति राई सँगै प्रमिसा राई, केशव राई, राज थापा, प्रेम सुब्बा, वाल कलाकार प्रशन राई र खानुवुङ राईको भूमिका रहेको छ । भर्खरै मात्र  कबड्डी ४ को छायाङ्कन सकेको दयाहाङ राईको यो सँगै चार वटा चलचित्र प्रदर्शनीको लाइनमा हुनेछन । यस अघि कबड्डी ४ सँगै नीरफुल र जारीको छायंकन सकिएको छ ।

नीरफुलको अन्तिम चरणमा पुगिसकेको गाउँ आएको बाटोमा गाउँमा बाटो आए पछिको परिवर्तन, उपलब्धि, खुसी देख्न सकिने निर्देशक नवीन सुब्बाले बताए । उनले थपे, चलचित्रमा गाउँमा विकास भए पछि बाउ र छोराको सम्बन्ध, मानवीय संवेदनशीलतामा देखिएको परिवर्तन देखाइएको छ ।

Gaung-aayeko-bato-5

रिलिज डेटको प्रसङ्गमा भने चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य भएकोले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियरमा प्रदर्शन गर्ने योजना रहेको सुब्बाले बताए । रिलिज डेट सोही अनुसार निश्चित हुने निर्देशक सुब्बाले बताए । चलचित्रको सुटिङ अहिले सम्म ८० प्रतिशत भन्दा बढी भइसकेको बताइएको छ ।  

Gaung-aayeko-bato-4Gaung-aayeko-bato-2