धरान : यही चैत्र १५ गते देखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर बास्केटबल प्रतियोगिताका प्राविधिक टिमका लागि धरान-१९ स्थित झुनाज फिटनेस एन्ड वेलनेसले टिसर्ट प्रदान गरेको छ ।

करिब १५ हजार रुपैयाँ बराबरको ११ थान टिसर्ट शनिवार फिटनेसका सञ्चालक तथा प्रशिक्षक झुना राईले प्रदेश १ बास्केटबल प्रशिक्षक एवं प्रतियोगिताका संयोजक विकास चाम्लिङ राई र धरान मेघा हिमालयन कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमलाई प्रदान गरेका हुन् ।

दिवङ्गत बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा, धरान बास्केटबल सङ्घको संयोजन, सुनसरी बास्केटबल सङ्घ र १२ नं वडाको सहयोगमा सम्पन्न हुन लागेको हो। प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यसैगरी प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पब एन्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । उदयीमान खेलाडीले ट्रफ्रि, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयले सहभागिता जनाउने छ। प्रतियोगिता आयोजनाका लागि रेवाहाङका अभिभावकले दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । यसवाट आएको व्याज रकम, आयोजक धरान मेघा कलेज र धरान बास्केटबल सङ्घको व्यवस्थापन वाट प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगिताको फाइनल खेल अघि 'कफी पब थ्री पोइन्ट कम्पिटिसन' हुने

प्रतियोगिताको फाइनल खेल अघि कफी पब थ्री पोइन्ट कम्पिटिसन हुनेछ । 

पहिलो चरणमा थ्री पोइन्टमा सहभागीले १ मिनट थ्री पोइन्ट सट गर्नेछ ।  त्यसमध्येवाट उत्कृष्ट तिन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येवाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्नेछ उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, कफी पब फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछन् ।