धरान : बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता यस पटक दर्शकले भिआइपी प्याराफिटमा बसेर हेर्न पाउने भएका छन् । 

चैत्र १९ गते देखि हुने गोल्डकपको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस पटक देखी दर्शकहरूले भिआइपी प्याराफिटमा बसेर गोल्डकपको मज्जा लिन पाउनुभएका हुन् । यस पटक सुविधा सम्पन्न प्याराफिट सहितको रङ्गशालामा दर्शकहरूलाई थप सुविधा दिन लागि परेको आयोजकको दाबी छ ।

रङ्गशालामा यसअघि सिमेन्टको प्याराफिट भए पनि पर्याप्त दर्शक बस्न नपाउँदा समस्या हुने गरेको थियो । यस पटक भने सहज रूपमा ८ हजारको सङ्ख्यामा दर्शकहरूले सुविधा सम्पन्न प्याराफिटमा बसेर खेलको मज्जा लिन पाउनेछन् ।

आयोजक राष्ट्रिय जागृति क्लबले आज पत्रकार सम्मेलन गरी चैत्र १९ देखी २६ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विगत दुई वर्ष प्रतियोगिता हुन नसकेको गोल्डकप यस पटक विशेष किसिमले गर्न लागिएको आयोजकले जानकारी दिइएको हो । 

इटहरी रङ्गशालामा हुने प्रतियोगितामा दुई विदेशी सहित ८ टिमले सहभागी जनाउने गोल्ड कप संयोजक अनुरोध थापाले जानकारी दिए । जसमध्ये मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृति क्लब, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् । 

कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीले यमाहाको स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने आयोजकले जनाएको छ ।