धरान : अनलाइन सेक्युरेटीज (ब्रोकर नम्बर-४९) ले धरानमा लगानीकर्ता शिक्षा कार्यक्रम अन्तर्गत सुरक्षित लगानीका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँमा केन्द्रीय कार्यालय रहेको सेक्युरेटीज कम्पनीले धरानमा रहेका आफ्ना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
धरानमा व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने १५० जना भन्दा बढीको उपस्थितिमा वर्तमान पुँजिबजारमा लगानीकर्ताहरूले केके सूचकहरू हेरेर लगानी गर्ने भन्ने विषयमा अन्तरक्रिया भएको थियो । पुँजी बजारको हालको अवस्था र लगानीको क्षेत्रको विषयमा कम्पनीका प्रमुख कार्यकारी विशाल कुमार अग्रवालले आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा धरानमा रहेर पुँजिबजार क्षेत्रमा लगानी गर्ने व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका अध्यक्ष दिनेश शर्माले कम्पनीको स्थापना र कार्यक्रमको औचित्यमाथि प्रकाश परेका थिए । सेक्युरेटीजको हाल धरानमा मात्र शाखा रहेकोमा अब भने थप ४ वटा शाखा खोल्ने कम्पनीका अध्यक्ष दिनेश शर्माले बताए । कम्पनीमा हाल काठमाडौँमा १ लाख १७ हजार र धरानमा २५ हजार ग्राहक रहेको उनले बताए ।
online-securities