झापा :आज दिउँसो हावाहुरी, असिना र वर्षासँगै परेको चट्याङले झापामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–५ कि ४० बर्षीया मन माया थापा रहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । 

आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानी सँगै परेको चट्याङले लागि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा  बाटोमानै मृत्यु भएको गौरादह प्रहरीले जानकारी दिएको छ ।