धरान : तेस्रो मिस उर्लाबारीको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्। होटेल ग्रान्डमा सोमबार राती सम्पन्न फाइनल राउण्डका १७ जना प्रतिस्पर्धी सुन्दरीलाई उछिन्दै दियाले मिस उर्लाबारीको ताज पहिरिएकी हुन्। उपाधिसँगै दाहालले पचास हजार नगद पाइन। 
त्यस्तै फस्ट रनरअप उर्लाबारी-६ की ज्वाला लिम्बू भइन्। उनले नगद तीस हजार जितिन। त्यस्तै सेकेन्ड रनरअप उर्लाबारी-७ की अंकिता कटवाल भइन्। उनले नगद बिस हजार पाइन। समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको थियो।
यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितेका थिए। कार्यक्रमको प्रशिक्षण कार्यक्रममा व्यक्तित्व विकास, फेशन, र्‍याप वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धी प्रशिक्षण दिएको आयोजकका अध्यक्ष जीवन चिमरियाले जानकारी दिए। स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरूलाई निःशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ।