चतरा : वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रका बिच गठबन्धन भएर चुनाव लड्ने सहमति भएको छ।

आइतबार नेपाली काँग्रेस र माओवादी केन्द्रको वार्ता टोलीको बैठकले गठबन्धन गरेर जाने सहमति गरेको हो । बैठकको निर्णय अनुसार नेपाली काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल हुनेछ। 

वराहक्षेत्रको वडामा पनि काँग्रेस र माओबादिका बिच तालमेल हुने सहमति चुटेको छ। १ देखि १० नम्बर वडामा काँग्रेसले अध्यक्ष र १० वटा वडामा माओवादीले १२ जना वडा सदस्य लिने सहमति जुटेको वार्ता टोलीमा सङ्लन नेपाली काँग्रेसका महासमिति सदस्य जगतबहादुर कार्कीले बताए। 

५ र १० नम्बर वडामा माओवादीले २-२ जना वडा सदस्य लिने छन्। बाँकी वडामा १-१ जना सदस्य माओवादीले लिने सहमति जुटेको छ भने वडा नं ११ मा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ। त्यस्तै जनता समाजवादी पार्टी नेपालसँग पनि वार्ता सहमति नजिक पुगेको वार्तामा सङ्लन कार्कीले बताए । 

काँग्रेस र माओवादीले सोमवार संयुक्त रूपमा उम्मेदवारी दर्ता गर्ने छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको मेयर र उपमेयरको टिकट टुङ्गो भने लागेको छैन।