धरान : धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले नेपाली काँग्रेस परित्या गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४ नम्बर वडाको वडाध्यक्षको उम्मेदवारी दिएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष भट्टराईले एकाएक काँग्रेस परित्याग गरेर राप्रपाबाट उम्मेदवार भएको कुराले एकाएक चर्चा पायो । अन्ततः उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धरान १४ को वडाध्यक्षको उम्मेदवार बने । 

नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष किन एकाएक राप्रपाबाट उम्मेदवारी दिनुभएको भन्ने प्रश्नमा भट्टराईले भने-“मलाई काँग्रेसले पाखा लगायो त्यसैले राप्रपाबाट उम्मेदवार बने ।” आफू वडाध्यक्षमा निर्वाचित भएर वडाको काम गर्दै गर्दा अझै धेरै कामहरू गर्न बाँकी रहेकोले अपुरो अधुरो कामहरू पुरा गर्न पुनः वडाध्यक्षमा उम्मेदवारी दिएर विजयी भई काम गर्ने मेरो सपना काँग्रेसले पुरा गरेन त्यसैले मेरो उम्मेदवारी राप्रपाबाट हो भट्टराईले भने । 

भट्टराई पहिले पनि राप्रपा नै भएको र अहिले फेरि राप्रपामै फर्किएको उनलाई नजिकबाट चिन्नेहरूको भनाई छ । भट्टराईको राप्रपाबाट उम्मेदवारी दर्ता पछि अव धरान-१४ मा नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।