चतरा : वराहक्षेत्र नगरपालिकामा सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनले क्लिन स्विप गरेको छ । 

शनिबार सम्पन्न निर्वाचनमा ८ जना कार्यपालिका सदस्य नै गठबन्धन तर्फका उम्मेदवार विजयी भएका छन् ।

८ जना कार्यपालिका सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । ५७ जना मतदाता रहेको निर्वाचनमा दलित वा अल्पसंङख्यकमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पकज महतो , माओवादी केन्द्रका रत्नबहादुर रम्तेल र नेकपा एकीकृत समाजवादीबाट सुष्मा माझी विजयी भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित महतोले ३४ , रत्मतेलले ३४ र माझीले ३४ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी नेकपा एमालेका दिपनाराण उराँऊ र शान गजमेरले २३/२३ मत मात्र प्राप्त गरेका थिए । 

त्यस्तै दलित तथा महिला वडा सदस्यहरु मध्यबाट कार्यपालिका सदस्यमा पनि गठबन्धनकै उम्मेदवार विजयी बनेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नबिना विश्वकर्मा, भगवती कटुवाल (खड्का) , मालती विश्वकर्मा , माओवादीबाट विष्णुकुमारी  विष्ट र जनता समाज पार्टी नेपालबाट दुर्गा राई निर्वाचित भएका छन् । निर्वाचित विश्वकर्माले ३३ , कटुवालले ३३ , मालती विश्वकर्माले ३३ , विष्टले ३३ र राईले ३३ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी नेकपा एमालेका अमिना राईले २४, पलटी धामीले २४ , राधाकुमारी चौधरीले २४, मेनुका लिम्बूले २४ र सृजना परियारले २४ मत मात्र प्राप्त गरेका थिए । 

मेयर , उप– मेयर , ११ जना वडाध्यक्ष सहित ५७ सदस्य मतदाता रहेको वराहक्षेत्र नगरपालिकामा नेकपा एमालेको उपमेयर , ३ जना वडा अध्यक्ष सहित २४ जना जनप्रतिनिधि रहेका थिए । गठबन्धनमा नेपाली काँग्रेसमा मेयर , ८ वडा सदस्य सहित २५ जना जनप्रतिनिधि , माओवादी केन्द्रको ६ जना र जनता समाजवादीको २ जना जनप्रतिनिधि गरेर गठबन्धनसँग ३३ जना सदस्य रहका थिए ।

कार्यपालिको निर्वाचन सम्पन्नसँगै कार्यपालिकामा नेपाली काँग्रेसबाट १३ जना , एमालेबाट ४ जना माओवादी केन्द्रबाट २ जना , जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी १–१ जना सदस्य रहेको २१ सदस्य कार्यपालिकाले पूर्णता पाएको छ ।