धरान : फेशन नगरीको रूपमा चिनिने धरानका युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता 'मिस धरान २०२२' आयोजना हुने भएको छ।

कम्तीमा एसइई उत्तीर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका  युवतीहरूलाई सहभागी गराइने कार्यक्रम यो वर्षदेखि  धरानमा आयोजना हुँदै आएको छ। आयोजक  ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ र अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ भने आवेदन नि:शुल्क गरिएको छ।

अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा असार दोस्रो साता  मिस धरान २०२२को अडिसन सुरु हुनेछ । मिस धरान २०२२ को कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वर्ल्ड वाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल विजेता प्रोजिता लामाले गर्नेछिन्।

अडिसनबाट  छानिएका प्रतियोगीहरूलाई बिस दिन  व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ।

मिस धरान २०२२ विजेता , फर्स्ट रनर अप , सेकेन्ड रनरअप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्वमाइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कलेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधिसँगै विजेताहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।