धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा आज देखि ७ औ ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प धरानमा सुरु भएको छ ।

ट्रेनिङ क्याम्पमा एसइई दिएर बसेका विद्यार्थी सँगै दश कक्षाका मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेबलका गरी ५० जना भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।

बास्केटबल खेलको विकास सँगै उदयीमान खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित क्याम्पमा सहभागी एसइई दिएका विद्यार्थी मध्ये वाट प्रतिभावान् खेलाडीहरूलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृत्तिmका लागि सिफारिस गरिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले क्याम्पको उद्घाटन कार्यक्रममा जानकारी गराए । उनीहरूलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिmको लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले बताए ।

Basket-ball-hont-1

सङ्घको सिफारिसमा विगत लामो समय देखि खेलाडीहरूलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्तिmमा अध्यापन गराइरहेको आयोजक धरान बास्केटबल सङ्घले जनाएको छ । क्याम्पको उद्घाटन कार्यक्रममा एम्स एकेडेमीका तर्फबाट पाँच वटा बास्केटबल र धरान मेघा कलेजको तर्फ वाट तिन वटा बास्केटबल आयोजक बास्केटबल सङ्घलाई प्रदान गरिएको थियो । सहयोग प्राप्त बल एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ र धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले क्याम्पका प्रशिक्षकहरूको हातमा हस्तान्तरण गरेका थिए ।

सहभागीहरूलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगीको रूपमा हेमन्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्बु, कविन मगर र दिवस राईले प्रशिक्षण दिनेछन् । ट्रेनिङ क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको छ । क्याम्प असार १९ गते सम्म चल्ने छ ।

Basket-ball-hont-2