रश्मि प्रधान

धरान :  एक नम्बर प्रदेश स्तरीय वाईवाई एसईइ सिङगिङ आईड्लको फाइनल राउन्डमा पुग्न सफल छिरिङ घिसिङलाई  घिसिङ समाज नेपालले सहयोग  गर्ने  भएको छ ।

आइतबार घिसिङ समाज धरान नगर कार्य समितिले  धरान-११ निवासी  टेक बहादुर घिसिङको छोरा  छिरिङ घिसिङलाई  आर्थिक   सहयोग गर्नुका साथै भोटिङ लगायत सम्पूर्ण  सहयोग गर्ने भएको छ ।

असार-१७ गते  धरान-१५ स्थित चुम्लुङ हिममा वाई वाई  सिङगिङ आइडल सिजन-२ फाइनल  हुने भएको छ । उक्त फाइनलमा पुग्न सफल छिरिङ घिसिङलाई   फिनालेमा जिताउन १ न.प्रदेश स्तरीय घिसिङ परिवारको घरघरमा गएर छिरिङ जिताऊ अभियान चलाएको अभियानकर्ता  दीपक घिसिङले बताए ।

घिसिङ समाजका अध्यक्ष तथा भाइटल टिम साथै समाजका वरिष्ठ  सल्लाहकार गणेश घिसिङले  नगद ५ हजार साथै  खदा लगाएर  सम्मान गर्दै अग्रिम शुभकामना  दिएका थिए । छिरिङ घिसिङ जिताऊ कार्यक्रममा समाज का अध्यक्ष, उपाध्यक्ष र  प्रवक्ता साथै सदस्यहरूले  समाजको विशेष र  महत्त्वपूर्ण भूमिका रहने कुरा समेत स्पष्ट परेका थिए । 

घिसिङ समाजले हाम्रा नानी बाबुहरूका क्यारियर निर्माण र सुनौलो भविष्यका लागी हर हमेसा सहयोग तथा प्रोत्साहन ,एवम् मोटिभेसन जस्ता कार्यक्रमहरू गर्ने प्रतिबद्धता ब्यत्त गरेको छ । साथै आगामी १७ गते  हुने फाइनल कार्यक्रममा हुटिङ र सपोर्टिङ गर्न कार्यक्रम स्थल आउन सम्पूर्ण  घिसिङ दाजुभाइलाई उपस्थित भई  छिरिङ   घिसिङ  लाई विजय गर्न पनि अपिल गरेको छ ।