धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टिसर्ट सहयोग प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक  हेमन्त राई , युगल लिम्बु, डा.आशा राई र दिवस राईलाई संयुक्त रूपमा टिसर्ट प्रदान गरेका थिए ।

धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ गते देखि  एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरी बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन भइरहेको छ । बास्केटबल खेल विकाश, खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले करिब एक दशक देखि ट्यालेण्ट हण्ट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान् खेलाडीहरूलाई बास्केटबल सङ्घले धरानको विभिन्न कलेजहरूमा सिफारिस गरी छात्रावृतीमा अध्ययन गराउँदै आइरहेको कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए  । हालसम्म सङ्घले ट्यालेन्ट हन्ट कार्यक्रम  मार्फत धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेबलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरू छात्रावृतीमा अध्ययन गरिरहेका छन् ।

सातौँ ट्यालेन्ट हन्टका प्रतिभावान् विद्यार्थीहरुलाइ पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने अध्यक्ष सुबेदीले बताए

बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउँदै यसलाई थप स्थापित र व्यावसायिक बनाउन धरान मेघा कलेजले बास्केटबल सङ्घ सँग सहकार्य गरी अघि बढेको कलेजका अध्यक्ष कैलाश लिम्बुले बताए । उनले भने, यो कार्यक्रम उदयीमान खेलाडी र बास्केटबल खेल विकासको लागि अभिन्न भइसकेको बताउँदै यसलाई जोगाउनकै लागी भए पनि मेघा कलेजले निरन्तर सहयोग रहिरहने छ ।

ट्रेनिङ क्याम्पमा ६ कक्षा देखि ब्याचलर लेबलका महिला पुरुष गरी ५० जना खेलाडी बिद्यार्थीहरुले सहभागिता जनएका छन् ।