धरान : टप युनिभर्सल एकेडेमीको खेल सप्ताह अन्तर्गत फुटसल र बास्केटबल खेल सम्पन्न भएको छ।
धरान-११ स्थित मितेरी फुटसलमा सम्पन्न फुटसलमा पुरुषको तिन टिम र महिलाको दुई टिम सहभागी थिए । पुरुष तर्फ टिम एकले दुई खेल जित्दै विजयी बनेको थियो । उक्त टिमले पहिलो खेलमा टिम तीन लाई १०-४ को फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, बाईमा परेको टिम दुईलाई ६-२ को अन्तरले पराजित गरेको थियो ।
महिला खेलमा टिम एकले टिम दुईलाई ५-० को गोल अन्तरले पराजित गरेको थियो । महिला टिम एकमा जेनि मगर, प्रीति उराउ, इस्मिनी लिम्बु, नामसारा मगर, रिया जिमी र जेनीसी श्रेष्ठ सहभागी थिए । यसैगरी, टिम दुईमा स्वच्छता योगी, प्राश्ना श्रेष्ठ, कृस्मसा राई, दीक्षा राई, छाया श्री गुप्ता र अमिसा लिम्बु रहेका थिए ।
पुरुष तर्फको विजयी टिम एकमा सन्देश कार्की, सुशील साह, आदर्श लिम्बु, अनोज कुँवर र तिलक दाहाल रहेका थिए । पुरुषको टिम दुईमा साइतो लिम्बु, नितेश बस्नेत, रूसान भण्डारी, कृतन श्रेष्ठ र उत्कृष्ट श्रेष्ठ रहँदा टिम तीनमा अभिचल बस्नेत, सञ्जय तामाङ, रिसब भट्टराई, क्षितिज श्रेष्ठ र विवेक गौतम रहेका थिए । खेलको अफिसल मनोज श्रेष्ठ रहेका थिए भने फुटसलका सञ्चालक लुकेन्द्र लिम्बुले सहजीकरण गरेका थिए ।
एकेडेमीको आयोजनामा गत सोमबार बास्केटबल खेल सम्पन्न भएको थियो । धरान-९ स्थित समिट हाइयर सेकेण्डरी स्कुलको कोर्टमा सम्पन्न खेलमा टिम दुईले टिम १ लाई २४-१६ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बास्केटबल खेलको टिम १ मा सुशील साह, सञ्जय तामाङ, साइतो लिम्बु, कृस्मसा राई, स्वच्छता योगी र प्राश्ना श्रेष्ठ सहभागी थिए । यस्तै, टिम २ मा आदर्श लिम्बु, प्रथम राई, नामसारा मगर, स्वर्ण श्रेष्ठ, आरती श्रेष्ठ, इस्मिनी लिम्बु र जेनिसी श्रेष्ठ सहभागी थिए । धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न खेलमा अमृत राई, कबिन मगर र सरोज राई अफिसल रहेका थिए ।  
बास्केटबल खेलको समापनमा बोल्दै राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले खेल सँगै अध्ययन समेत जरुरी रहेको बताए । खेलकुदले युवाहरूलाई दुर्व्यसनको कुलतबाट समेत टाढा राख्ने बताउँदै छोटो समयमा समेत विधार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदमा सहभागी गराएकोमा प्रशिक्षक राईले एकेडेमीलाई धन्यवाद दिएका थिए ।
टप युनिभर्सल एकेडेमीमा ब्रिज कोर्ष गरिरहेको विद्यार्थीको सर्वाङ्गीण विकासका लागी हरेक वर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलहरू गराउँदै आएको एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्रीले जानकारी गराएका थिए । खेल सप्ताह अन्तर्गत भइरहेको विभिन्न खेलकुदले विद्यार्थीहरूमा खेलमा पोख्त बनाउने भन्दा पनि खेल र स्वास्थ्यको विषयमा कन्सेप्ट दिनका लागी आयोजना गरिएको उनले बताए ।