धरान : राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, सङ्गीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत  "तिमिलाई रोजे" आफ्नो स्वरमा पुनः रेकर्डिङ गरी म्युजिक भिडियो सहित सार्वजनिक भएका छन् ।
रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीत पछि गायक राजेश पायल राईले 'बैगुनी रैछौ मायालु' एल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । पहिलो नेपाल आइडलमा अतिथिको रूपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलापले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो। बुधवार गुरुपुर्णिमाको अवसरमा पारी  लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राई बिच उक्त गीतलाई पुन: नयाँ  साजसज्जाका साथ रेकर्ड गरी चाँडै रिलिज गरिने आपसी समझदारी भएको भएको हो। 
राजेश पायलले मुरलिधरसँग नयाँ गीत सङ्गीतको लागि समेत सहकार्य गर्ने भएका छन् । राजेश  नेपाली सङ्गीतको एक दरिलो खम्बा भएको बताउँदै मुरलीधरले उनी सँग सदैव सहकार्य  रहिरहने र हामी दुईको हरेक साङ्गीतिक सहकार्य नेपाली सङ्गीतका श्रोताहरूको लागि एउटा विशेष उपहार हुने बताए । गायक  राजेश पायल राईले तिमीलाई रोजे गीत  असाध्यै मन पर्ने गीतहरू मध्ये एक भएको बताउँदै यसको नयाँ भर्सनको लागि लिजेण्ड्री गायक,सङ्गीतकार,रचनाकार तथा कलाकार मुरलिधर सँगको पुनः सहकार्य भएको बताए।
उनले सम्पूर्ण श्रोता तथा दर्शकहरूबाट पुनः रेकर्डिङ भएर आउने "तिमीलाई रोजे" गीतले पहिला भन्दा धेरै माया पाउने विश्वास रहेको बताए।