धरान : होटेल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पूर्वी नेपालमा नाम कमाएको धरानको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। पाँच तारे होटलहरुको सञ्चालन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई स्थलगत रूपमा अवलोकन सहित झापामा रहेको होटेल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो ।
एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रूपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटेल मेची क्राउनका एचआर मेनेजर समीर सङ्ग्रौलाले होटेल क्षेत्रमा आफूले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराएका थिए । साथै सङ्ग्रौलाले विद्यार्थीहरूलाई होटेल भिजिट समेत गराएका थिए।
कलेज र कोर्सका विषयमा कलेजका कार्यक्रम संयोजक सङ्गीत सिग्देलले विधार्थीहरुलाई सहजीकरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई एलसीसीआईले तयार पारेको होटेल म्यानेजमेन्ट सम्बन्धी पाठ्यपुस्तक, ब्याग तथा होटेल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरू समेत उपलब्ध गराइएको थियो ।
































































