धरान : गायक दीपक लिम्बुको नयाँ गीत 'तिमी नै तिमी' युट्युब मार्फत सार्वजनिक गरिएको छ। 

सङ्गीतकार तारा प्रकाश लिम्बु को सङ्गीत रहेको 'तिमी नै तिमी' गीतको रचना नवीन थेबेको रहेको छ।  गायक राजेश पायल राईको चर्चित गीत "बल्ल भेट भो आदाङ्गबे"का रचनाकार नवीन थेबेको रचनामा लामो समय पछि नयाँ गीत सार्वजनिक भएको हो।

गायक दीपक लिम्बुको अभिनय रहेको भिडियो दीपक गजमेरले छायाङ्कन तथा सम्पादन गरेका हुन्।