-सुकदेव चौधरी 

सुनसरी : आउँदै गरेको जितिया पर्वमा थारु समुदायका महिलाहरूलाई मनोरञ्जन दिलाउनका लागि थारु जितिया गीत सामाजिक सञ्जाल युटुवमा सार्वजनिक भएको छ । 

यस वर्षको जितियाको आगमन सँगै थारुहरूको घर परिवारमा जितियाको रौनक बढ्दै गई रहेको अवस्थामा थप मनोरञ्जनका लागि थारु गीत ल्याएको जनाएको छ । जन्म घर बाट छुटिएका छोरी चेली कर्म घरबाट  पुनः आफ्नो जन्म घरतिर पाइला सार्ने अवसर आएकोले छोरी चेलीहरूले आ आफ्ना आमा बुवा तथा घर परिवार सँग भलाकुसारी गरी पर्वमा अझ मनोरञ्जन गर्न गीतले सहयोग गर्नेछ । 

जितियाको महत्त्व धार्मिक आस्थालाई उजागर गर्दै केपी एस नेपालले यस वर्षको जितिया पर्वलाई हर्षाेउल्लासमय बनाउन नयाँ थारु गीत जितिया व्रत ल्याएको हो । समाजमा देखिएका कुरीति घृणित अवहेलना प्रति धार्मिक मान्यताले विजय भएको र जितको प्रतीक जितमहानलाई सदैव संस्कार संस्कृति प्रति जोगाइ राखन गीतको माध्यमबाट प्रेरित गरिएको देखिन्छ ।       

थारु जितिया गीतका रचना र सङ्गीत कुलदिप चौधरीले दिएका छन् भने सानुमाया र कुलदिप चौधरीको आवाजमा यो गीत रहेको छ । यसैगरी पारसमनी यादवले रेन्जर गरेको छ भने चर्चित मोडेल नवीन चौधरी, सरोज चौधरी र नायिका तर्फ सुजु, मनीषा चौधरी  र आशीका खवास रहेको छ । आस चौधरीको डाइरेक्सन र अवद नारायण राजबशीको मेकअप रहेको गीतमा भिडियो मिकसिङ्ग मेगा मिडियाले गरेको छ । क्यामरा र ड्रोनको काम सावन  चौधरीले गरेको छ । यस भिडियो निर्माणका निम्ति महा लक्ष्मी महिला समूह किर्तनिया मण्डलीले साथ सपोट गरेको  गायक कुलदिप चौधरीले जानकारी गराएको छ ।