• रश्मि प्रधान 
धरान : धरानमा मिस एण्ड मिसेस् प्रोभिन्सको ट्यालेन्ट सो सम्पन्न भएको छ।
शनिवार धरान-१५ स्थित छथरे समाजको हलमा प्रदेश १ भरीका विवाहित सुन्दरी महिला र अविवाहित महिलाहरूको ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो ।
विवाहित महिला प्रदेशभरीबाट ९ जना महिला र ५ जना अविवाहित युवतीहरू बिच ट्यालेन्ट सो भएको थियो। ट्यालेन्ट सो मा निर्णयकहरु गायक तथा अध्यापक किशोर थुलुङ, डान्स कोरियोग्राफी रेशमा बान्तवा, मिस स्टेट २०२२ की श्वेता भुजेल र  मेकअप आर्टिस्ट मिस्मा राई रहेका थिए ।
मिस प्रोभिन्सको ट्यालेन्ट सोका प्रतियोगीहरू शृङ्खला राई,अंशु राई, नोरिन ज्याक्सन बस्नेत, मनीषा गजमेर, रेजिना लिम्बू रहेका थिए भने मिसेस् प्रोभिन्स ट्यालेन्ट सोका प्रतियोगीहरू बिन्दु तुम्बाम्फो लिम्बू, प्रशना राई,रोशनी सयोक लिम्बू, राधा राई, सुस्मिता ताम्राकार, सृष्टि धिमाल, भावना जगेबु लिम्बू, कविता श्रेष्ठ, पवित्रा तेम्बे लिम्बू रहेका थिए । उक्त प्रतियोगिताको अफिसियल कोरियोग्राफर तथा मिस नेपाल आईड्ल मेरिना तुम्सा लिम्बू रहेकी थिइन । 
प्रतियोगिताको फाइनल असोज-१५ गते किरात चुम्लुङ हिममा हुने आयोजकले जानकारी दिएको छ।