काठमाडौँ : 'मिसेस् नेपाल पिस २०२२' को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिक सहित शीर्ष उपाधि चुमेकी हुन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुबिना शाक्य, थर्ड रनरअप सीमा सराफ र फोर्थ रनरअप रेशमा पूरी घोषित भए ।
अभिनेत्री ऋचा शर्मालाई मानार्थ 'मिसेस् नेपाल पिस'को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए ।
एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको व्यवस्थापन रहेको प्रतियोगितामा पब्लिक च्वाईस अञ्जु ढुङ्गाना, भिवर्स च्वाईस विनीता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्स मनीषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए ।
महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्यूनीकरणमा योगदान दिने हेतुले प्रतियोगिताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगिता उमेर समूह, विवाहित, डिभोर्सी, तौल, उचाइको पनि मापदण्ड नराखिएको  उनले सुनाए ।
प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हिंसाबारे महिलाहरूलाई जागरूक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रूपमा प्रस्तुतहुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ।
misses-nepal-2