इटहरी : इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। 
नेकपा एमाले सुनसरी जिल्ला पुर्वअध्यक्ष समेत रहेका चौधरी प्रदेश सभाको टिकट पाउने सर्तमा माओवादी प्रवेश गर्न लागेका हुन् ।
गठबन्धन तर्फ सुनसरी २ (१) माओवादीको भागमा पर्ने सङ्केत बुझेका उनी उम्मेदवार बन्ने सर्तमा पार्टी प्रवेश गर्न लागेका हुन । नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनमा सुनसरी जिल्ला अध्यक्ष पराजित भएपछि असन्तुष्ट रहेका उनी पार्टी परिवर्तन गर्ने मोडमा पुगेका हुन । इटहरीको मेयर भएको बेला विवादमा आएका उनले एमाले नेतृत्व प्रति खरो आलोचना गर्दै आएका छन् । 
मुख्यतः पूर्व उपमेयर लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी विरुद्ध उनी खुलेरै लागेका छन् । चौधरी माथि स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको आरोप छ । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सँग भेटेपछि औपचारिक रूपमा पार्टी प्रवेश गर्ने उनको तयारी छ। त्यसको लागि उनी इटहरीबाट काठमाडौँ लागेको माओवादी इटहरी इन्चार्ज मदन चुडालले बताए ।
केपी ओलीको अहङ्कारलाई ध्वनि साफ गर्न माओवादी प्रवेश गरेको हुँ : चौधरी
निवर्तमान मेयर द्वारीकलाल चौधरीले केपी ओलीको अहङ्कारलाई ध्वनि साफ गर्न नेकपा माओवादी केन्द्र प्रवेश गर्न लागेको बताएका छन् । 
एमालेमा आफ्नो आत्मसम्मान नभएको भन्दै यस्तो निर्णय दिएको बताएका हुन् । कपुरी न्युज सँग कुरा गर्दै चौधरीले भने “जुन ठाउँमा आत्मसम्मान हुँदैन भने किन अपमान भएर राजनीति गर्ने रु त्यसैले ओलीको अहङ्कारलाई ध्वनि साफ पार्नु छ ।” 
उनले आफू काठमाडौँ जान लागेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टी प्रवेश गर्ने बताएका छन् । उनलाई पार्टी प्रवेश गराएर सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (१) मा प्रदेश सभा सदस्यका लागि टिकट दिने तयारी माओवादीको छ ।
dwarik-2